नेभिगेशन
नेपाल प्रहरी

६ दिनको अन्तरमा मोडिफाइ गरेर चलाइएका ४७ वटा मोटरसाइकल नियन्त्रणमा

काठमाडौं ।  स्वरुप परिवर्तन (मोडिफाइ) ४७ वटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । यही माघ १४ देखि २० गतेसम्म ६ दिनको अन्तरमा मोडिफाइ  गरिएका ४७ वटा मोटरसाइकललाई कास्की प्रहरीले नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

कास्की प्रहरीका  अनुसार जिल्ला प्रहरी कार्यालय, मातहत प्रहरी इकाई र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा ६ दिनमै मोडिफाइ गरिएका ४७ वटा मोटरसाइकल नियन्त्रणमा लिन सफल भएको हो ।

समाजमा चर्को आवाजमा ध्वनि प्रदुषण गर्दै हिंड्ने मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको कास्की प्रहरीले जानकारी दिएको छ ।

मोडिफाइ र ध्वनि प्रदुषण गरी मोटरसाइकल चलाएको देखेमा खबर गरिदिन कास्की प्रहरीले  आम जनमानसमा आग्रह समेत गरेको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्