नेभिगेशन
सुरक्षा अपडेट

टिपरले कार र स्कुटरलाई ठक्कर दियो, स्कुटर सवार आमाको मृत्यु, छोरासँगै कार चालक घाइते

काठमाडौं । टिपरको ठक्करबाट आमाको मृत्यु हुँदा छोरासँगै अर्का एक जना घाइते भएका छन् ।

तनहुँस्थित शुक्लागण्डकी नगरपालिका-७ मालेबगरमा ग १ क ५८९६ नम्बरको टिपरले ठक्कर दिदा पोखरा महानगरपालिका–३२ कास्कीकी ४१ वर्षीया अप्सरा क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तनहुँ प्रहरीका अनुसार दमौलीतर्फ जाँदै गरेको उक्त टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्र.३ ०१–०२२ च ६७७८ नम्बरको कार र  ग १८ प ७७५२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट स्कुटरमा सवार पोखरा महानगरपालिका-३२ कास्कीकी ४१ वर्षीया अप्सराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते भएकी अप्सराको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचारका लागि लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। अप्सराका २१ वर्षीय छोरा  दीपेश क्षेत्री सामान्य घाइते छन् । उनी स्कुटर चालक हुन् ।

टिपरको ठक्करबाट शुक्लागण्डकी नगरपालिका-११ साँखेका  कार चालक ३१ वर्षीय महेश पौडेलको दायाँ हातमा चोट लागेको प्रहरीले जानकारी दिएको छ । तनहुँ प्रहरीले  टिपर चालक धादिङक निलकण्ठ नगरपालिका-२ भुलभुलेका ४० वर्षीय प्रकाश गुरुङलाई पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्