नेभिगेशन
अपराध

वीरेन्द्रनगरको 'ग्याङ फाइट'मा खुकुरी प्रहार, दुई जना घाइते

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा भएको ग्याङ फाइटका क्रममा दुई जना घाइते भएका छन्।

सुर्खेत सदरमुकामको अति व्यस्त वीरेन्द्रनगरको एरिचोकमा दुई समूहबीच भएको ग्याङ फाइटमा खुकुरी प्रहारबाट प्रकाश बुढा र मिलन रावत घाइते भएको प्रहरीले जानकारी दिएको छ।

सोमबार भएको उक्त ग्याङ फाइटका क्रममा वीरेन्द्रनगर-३ तातापानीका प्रकाश घाइते भएका छन् भने अर्को समूहका मिलन पनि घाइते भएको सुर्खेत प्रहरीले जनाएको छ।

सुर्खेत प्रहरीका अनुसार खुकुरी प्रहारबाट घाइते भएका प्रकाशको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ। अर्का घाइते मिलनको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले खुकुरी प्रहार गर्ने समूहका एक जनालाई  पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाइएको जानकारी दिएको छ।

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्