नेभिगेशन
अदालत

बलात्कार मुद्दामा १४ वर्ष जेल सजाय पाएर फरार भएका पासवन पक्राउ, पठाइयो जेल

काठमाडौं । प्रहरीले बलात्कार मुद्दामा १४ वर्ष जेल सजाय पाएर फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ।

११ वर्षदेखि फरार रहेका सिराहाको लहान नगरपालिका-२४ का ४५ वर्षीय भोगी भनिने भोगिन्द्र पासवानलाई पक्राउ गरेको सिराहा प्रहरीले जानकारी दिएको छ।

जिल्ला अदालत सिराहाले गरेको फैसलालाई सदर गर्दै उच्च अदालत जनकपुरको राजबिराज इजलासले २०८० फागुन ९ गते बलात्कार मुद्दामा दोषी ठहर गर्दै १४ वर्ष जेल सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो।

अदालतले फैसला सुनाएयता फरार रहेका पासवानलाई लुकिछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय लहानले पक्राउ गरेको सिराहा प्रहरीले जनाएको छ।

पक्राउ परेका पासवानलाई जेल सजाय भुक्तानका लागि जिल्ला कारागार सिराहा पठाइएको सिराहा प्रहरीले जानकारी दिएको छ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्