नेभिगेशन
सुरक्षा अपडेट

स्कार्पियो दुर्घटनामा ५ जना घाइते

काठमाडौं । स्कार्पियो दुर्घटनामा ५ जना घाइते भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका-१४ तमादीस्थित वालिङ–पर्वत कच्ची सडकमा स्कारपियो दुर्घटना हुँदा ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।

आज   बिहान ८ बजे वालिङबाट सिरबानी तर्फ जाँदै गरेको ग१च ८९१३ नम्बरको स्कारपियो बाटोबाट करिब चार मिटर तल खसेको थियो।

दुर्घटनामा वालिङ नगरपालिका-१४ का ६३ वर्षीय उमापति डुम्रे, ५२ वर्षीय भीमप्रसाद डुम्रे, ७८ वर्षीय कोषकान्त डुम्रे, पर्वत पैंयु गाउँपालिका-६ की ३३ वर्षीया कुमाकला तिवारी र उनका ११ वर्षीय छोरा कमल तिवारी घाइते भएका छन्।

घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ। स्कारपियोमा सवार आठ मध्ये दुर्घटनामा तीन जना सकुशल रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्