नेभिगेशन
अपराध

यसकारण चलाएको थियो प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीमाथि गोली

काठमाडौं   नेपाल प्रहरीले भारतीय लागुऔषधमाथि गोली चलाएको छ। प्रहरीले झापाको कनकाई नगरपालिका–४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको हो। 

गए राति भारतको बिहार राज्यको डिगल बैंक थाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका भाई १९ वर्षीय यूसुब आलामलाई गोली चलाएर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिए । 

उनीहरुले वीआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकलमा लागुऔषध ओसारपसार गरिरहेका थिए । प्रहरीले रोकेर जाँज गर्ने क्रममा दुवै जना भाग्न खोज्दा उनीहरुमाथि गोली चलाउनु परेको उनले बताए।प्रहरीले चार राउण्ड हवाई फायर गरी दुवैजनालाई नियन्त्रणमा लिएको हो । यस क्रममा मोटरसाइकल चालक अन्जार आलमको घुडाँमुनी गोली लागेको छ । 

उनीहरुको साथमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगुर ३० ग्राम ९० मिलिग्राम फेला परेको सूचना अधिकारी चन्दले बताए । घाइेत अन्जारको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।  

४ राउन्ड हवाई फायर गर्दा भाग्न खोजेपछि हानिएको थियो-

प्रहरीका अनुसार मोछरसाइकल अन्जारले चलाएका थिए । प्रहरीले मोटरसाइकल रोक्न खोज्यो । तर अन्जारले मोटरसाइकलको गति बढाए। चेकजाँचमा खटिएका प्रहरीलाई लडाउँदै भागे ।

यसपछि उनलाई रोक्न प्रहरीले पेस्तोलबाट चार राउन्ड हवाई फायर गर्‍यो। ‘हवाई फायर गर्दासमेत नरोकिकन भागेपछि गोली हानेर नियन्त्रणमा लियौं,’ झापाका प्रहरी उपरीक्षक मिलन केसीले भने।

केसीका असार अन्जारको देब्रे घुँडामुनि एक राउन्ड गोली प्रहार गरेपछि मोटरसाइकलसहित उनी ढले। त्यसपछि दुबै दाजुभाइलाई पक्राउ गरियो।

केही दिनअघि पनि पश्चिम नवलपरासी प्रहरीले लागुऔषध कारोबारीलाई समात्न ४ राउन्ड गोली चलाएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्