नेभिगेशन
सुरक्षा विशेष

काठमाडौंमा पत्रकार कमल बोहरामाथि आक्रमण,पत्रकार महासंघले गर्‍यो घटनाको निन्दा

काठमाडौं । पत्रकार कमलबहादुर बोहरालाई अज्ञात व्यक्तिबाट आक्रमण गरेको छ।

पालिकासमय डटकमका सम्पादक बोहरामाथि अज्ञात व्यक्तिबाट आक्रमण भएको घटनामा नेपाल पत्रकार महासंघले निन्दा गर्दै गम्भीर  ध्यानाकर्षण भएको जनाएको छ'

‘यही माघ २१ गते सोमबार काठमाडौंको मध्यबानेश्वरमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्यसमेत रहेका बोहरामाथि अज्ञात व्यक्तिले आक्रमण गरेको नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले जानकारी दिएका छन् । 

महासचिव दाहालले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि बहानामा पत्रकारमाथि हुने यस्ता हर्कत प्रेस स्वतन्त्रताविरोधी हो । प्रेसविरोधी यो घटनाको महासंघ कडा शब्दमा भर्त्सना गर्दछ । महासंघ घटनामा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर हुन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।’

सुदूरपश्चिम् घर भएका पत्रकार बोहरा लामो समयदेखि काठमाडौंमा रहेर पत्रकारीता क्षेत्रमा छन् । अज्ञात व्यक्तिको आक्रमणबाट बोहराको शरीरमा भित्री चोट लागेको पत्रकार गणेश बिकले जनाएका छन् । घरमै आराम गरिरहेका उनलाई गाह्रो भएपछि अस्पताल लैजान लागेको बिकले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्