काठमाडौं । नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १२ जनालाई पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार कैलालीको धनगढी उपमहानगरपालिका-३ बाट १ सय १० मिलिग्राम ब्राउनसुगर सहित लम्कीचुहा नगरपालिका-१ बस्ने २३ वर्षीय भरत सन्ज्याललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीकै गोदावरी नगरपालिका-२ पहाड रोडबाट २ सय मिलिग्राम खैरो हेरोइन सहित सोही नगरपालिका-२ तेघरी बस्ने २२ वर्षीय धिरज बलायरलाई प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीकै धनगढी उपमहानगरपालिका-३ मिलन चोकबाट १ सय ३० मिलिग्राम खैरो हेरोइन सहित सोही ठाँउ डेरा गरी बस्ने गोदावरी नगरपालिका-२ घर भएकी २२ वर्षीय रिया भन्ने बिष्ना पालीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरीले कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ मडाहाबाट ८ सय ९० मिलिग्राम ब्राउनसुगर सहित शिवराज नगरपालिका-५ चन्द्रौटा बस्ने ४४ वर्षीय बसन्त कुमार न्यौपानेलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले लु३७ प ५१०९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै डोटीको दिपायल सिलगढी नगरपालिका-४ पिपल्ला बजारबाट ४ सय २० मिलिग्राम खैरो हेरोइन सहित सोही नगरपालिका-२ दिपायल बस्ने ३० वर्षीय कमल अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध आदर्श गाउँपालिका-५ बस्ने २२ वर्षीय दिनेश रोकायासँग खरिद गरेको भन्ने खुल्न आएपश्चात उनको खोजी गर्ने क्रममा दिपायल सिलगढी नगरपालिका- ४ पिपल्ला डेरा गरी बस्ने १९ वर्षीय अर्जुन बोहराको कोठामा फेला पारी दिनेश र अर्जुनलाई समेत प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
झापाको मेचीनगर नगरपालिका-६ मेचीपुलबाट २ ग्राम खैरो हेरोइन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ पथरी शनिश्चरे नगरपालिका-६ बस्ने ३० वर्षीय ईश्वर भुजेल र उनकी श्रीमती ३८ वर्षीया शान्ती आङ्देम्बे (भुजेल) रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानी ट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट ३ ग्राम २ सय मिलिग्राम खैरो हेरोइन सहित सुनसरी इटहरी उपमहानगरपालिका-९ बस्ने २५ वर्षीय निशान चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०५४ प ९८८९ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका-४ आँपगाछीस्थित कोशोलोक मार्गबाट १६ ग्रम ५६० मिलिग्राम ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा, धनकुटा नगरपालिका-४ देब्रे बस्ने २३ वर्षीय रोशन श्रेष्ठ र २४ वर्षीय निरज घिमिरे रहेका छन्। अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले बागमती प्रदेश-०२-०३५ प १५३४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सम्बन्धित प्रहरी कार्यालय लागुऔषध घटनाका बारेमा थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।