नेभिगेशन
नेपाल प्रहरी

सुर्खेतबाट ७ ग्रामबढी ब्राउन सुगरसहित दुई युवक प्रहरीको नियन्त्रणमा

सुर्खेत। सुर्खेतको बीरेन्द्रनगरबाट ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

सुर्खेत सदरमुकाम वीरेन्द्रनगर नगरपालिका-७ शंकरचोकबाट ७ ग्राम २९० मिलिग्राम  ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरेको सुर्खेत प्रहरीले जानकारी दिएको छ । 

पक्राउ पर्नेहरूमा बीरेन्द्रनगर नगरपालिका-१२ नेवारे बस्ने २५ वर्षीय दिपक कुँवर र बराहताल गाउँपालिका-८ बस्ने २३ वर्षीय डिल बहादुर नेपाली रहेका छन् । 

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई बिहीबार  उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा सुर्किने प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्