नेभिगेशन
अपराध

घरभाडाको १४ सय नदिएपछि घरबेटीले गरे डेरावालको हत्या

पाल्पा। पाल्पा सदरमुकाम तानसेनमा घर भाडाको बारेमा बिवाद हुँदा घरबेटीले नै डेरामा बस्ने एक जनाको हत्या गरेका छन् ।

प्रहरीले तानसेन नगरपालिका-१४ साँचाका ३१ वर्षीय घरबेटी माधव बिष्टले भाडामा बस्ने ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीको १४ सय रुपैयाँका कारण हत्या गरेको आरोपमा पक्राउ गरेको छ।

हत्या गरिएका बुढाथोकी रिव्दीकोट-१ जोगीथुमका बासिन्दा हुन । उनी बिष्टको घरमा बिगत ५ महिना यता बस्दै आएका थिए । प्रहरीका अनुसार उनी एक मजदुर थिए।

पाल्पाका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक सुनिल मल्लले मदिराले मातेका घरबेटी बिष्टले घरभाडा माग्दा भएको बिबादका कारण हँसिया प्रहार गरि बुढाथोकीको हत्या गरेको खुलेको जानकारी दिएका छन् ।

ज्याला मजदुरीको काम गर्दै आएका बुढाथोकी माघ २३ गते बिहान ८ बजेतिर डेराको कोठामा मृत अवस्थामा भेटिएका थिए । बुढाथोकीको नाक, निधार, मुख र सुतेको खाटमा समेत रगतहरु देखिएपछि प्रहरी अनुसन्धान अगाडि बढाएको थियो ।उनको हँसिया प्रहार गरि हत्या भएको खुलेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्