नेभिगेशन
सुरक्षा अपडेट

कालिकोटमा ट्रक सडकदेखि २ सय मिटर तल खस्यो, मालिकको मृत्यु, चालक हामफालेर बाँचे

नेपालगन्ज । ट्रक दुर्घटना भएर २ सय मिटर तल खस्दा ट्रक मालिकको मृत्यु भएको छ।

मृत्यु हुनेमा कालिकोटको नरहरिनाथ गाउँपालिका-५ का ४५ वर्षीय गंग देउवा रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । 

प्रहरीका अनुसार नरहरिनाथको लालु भन्ने ठाउँबाट फर्किने क्रममा कर्णाली प्रदेश ००१ क ०८२० नम्बरको मिनी ट्रक सोही ठाउँको हलेसे भन्ने भीरमा दुर्घटना परेको हो । 

ट्रक सडकबाट साढे २ सय मिटर तल खसको छ भने ट्रक चालक पनि हामफालेर बच्च सफल भएको प्रहरीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्