नेभिगेशन
नेपाल प्रहरी

हुम्लाकै इतिहासमा नेपाल प्रहरीको पहिलो डीएसपी बने गोबिन्द रावत

काठमाडौं नेपाल प्रहरीकै इतिहासमा पहिलोपटक एक जना हुम्ला जिल्लावासी प्रहरी नायब उपरीक्षक(डीएसपी) बनेका छन।

हुम्लाको सर्केगाड गाउँपालिका-१ का प्रहरी निरीक्षक (इन्स्पेक्टर ) गोबिन्द रावत डीएसपीमा बढुवा भएपछि हुम्ला जिल्लाले नै पहिलोपटक प्रहरीको यति ठुलो पदमा जाने प्रहरी अधिकृत पाएको हो।

देशकै सबैभन्दा दुर्गम जिल्ला हुम्लाबाट नेपाल प्रहरीतर्फ  हालसम्म डिएसपीमा बढुवा भएका रावत भन्दा माथिल्लो दर्जामा कोहि पनि छैन।

प्रहरीमा ७५ जना डीएसपीमा बढुवा हुँदा हुम्लावासी रावत ४५ नम्बरमा बढुवा भएका हुन् । रावत हाल संयुक्त राष्ट्र संघीय मिशन साउथ सुडानमा कार्यरत छन्।

प्रहरीभित्रकै एक अब्बल प्रहरी अधिकृतका रुपमा चिनिने रावत वि.सं. २०७० मा इन्स्प्केटरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। रावतसहित उनको परिवार सोही वडाको जैर गाउँमा बस्दै आएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्