नेभिगेशन
नेपाल प्रहरी

बर्दियाको बढैयातालबाट ब्राउन सुगरसहित थापा पक्राउ

बर्दिया। बर्दिया बढैयाताल गाउँपालिकाबाट ब्राउन सुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बर्दिया प्रहरीले गाउँपालिका-७ कर्णालीपुलबाट ३ सय ९० मिलिग्राम  ब्राउनसुगर सहित सोही गाउँपालिका-८ का २४ वर्षीय हरि थापा मगरलाई पक्राउ गरेको हो । 

प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा बर्दिया प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्