नेभिगेशन
अपराध

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ

काठमाडौं प्रहरीले १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा झापाबाट एक युवकलाई पक्राउ गरेको छ।

बलात्कार आरोपमा पक्राउ पर्नेमा भद्रपुर नगरपालिका-९ खाते बस्ने २१ वर्षीय संजिव आचार्य रहेका छन् ।

प्रहरीका अनुसार संजिवले ती बालिकालाई बलात्कार गरेक उजुरीको आधारमा प्रहरी चौकी घोडामाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

झापा प्रहरीले यस घटनाका बारेमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्