नेभिगेशन
ट्राफिक प्रहरी

दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक प्रहरीको प्रयास: आज पनि सडकमै ट्राफिक सचेतना

अनिल गौतम,बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले आज पनि दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रमलाई निरन्तरता दिएको छ।

दिनहुुँ सवारी चालक, सहचालक, पैदलयात्री लगायत स्थानीयवासीलाई ट्राफिक सचेतना दिदै आएको बाँके ट्राफिक प्रहरी कार्यालयले आज पनि जिल्लाका विभिन्न स्थानमा सचेतना कार्यक्रम गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

बाँके ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ विभिन्न स्थानहरुमा मानिसहरु भेला गराएर आज  ट्राफिक सचेतना अन्तर्गत सवारी दुर्घटना न्युनिकरणका लागि  दुई पाङग्रे सवारी चालक ,सडक प्रयोग कर्ता,चालक, सह-चालक र यात्रुहरुलाई ट्राफिक नियम, सवारी दुर्घटना कारणहरु ,सवारी दुर्घटनाबाट बच्ने उपाय लगायतका विषयमा सचेतना  गरिएको जनाएको छ।

ट्राफिक प्रहरीले चालक लगायत आम स्थानीयवासीलाई भेला गराएर ट्राफिक नियम ,लेन अनुशासन ,ओभेरटेक गर्ने तरिका , सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा,सवारी दुर्घटनाबाट बच्ने उपायका बारेमा सचेतना दिएको हो।

हाल बाँके ट्राफिक प्रहरी कार्यालयले दुर्घटना न्यूनीकरणका लागि गरिरहेको प्रयासले जिल्लामा दुर्घटनाको संख्या कम हुँदै गएको देखिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्