नेभिगेशन
सुरक्षा अपडेट

नेपालगन्जबाट काठमाडौं आउँदै गरेको बस चितवनको सेतीदोभान पुलबाट तल खस्यो,२३ जना घाइते

काठमाडौं । चितवनस्थित मुग्लिन-नारायणगढ सडकखण्डमा नेपालगन्जबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नेपालगन्जबाट आउँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान साढे ४ बजे सेतीदोभान पुलबाट तल खसेर दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको चितवन प्रहरीले जनाएको छ। घाइते सबैको चितवनस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रहरीले दिएको जानकारी अनुसार बसको टायर पन्चर भएर बस अनियन्त्रित भएर दुर्घटना भएको हो।

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्