नेभिगेशन
सुरक्षा विशेष

'साइबर क्राइम रोक्न विधेयक दर्ता भएको हो': पोखरेल

काठमाडौं । साइबर अपराध (क्राइम) रोक्न विधेयक दर्ता भएको नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् । उनले भनेका छन् -"विधेयक दर्ता भएको छ नियमनका लागि । दुरुपयोग र साइबर अपराध रोक्नका लागि।"

आज महासचिव पोखरेलले फेसबुकमार्फत समाजिक सन्जाल विधेयक केवल साइबर अपराध रोक्नका लागि दर्ता गरिएएको बताएका हुन् । 

उनले यस्तो लेखेका छन् - (जस्ताको तस्तै)

यतिवेलाको चासो र चिन्ता

विधेयक दर्ता भएको छ नियमनका लागि । दुरुपयोग र साइबर अपराध रोक्नका लागि । विरोध सुरुभएको छ प्रेश तथा अभिव्यक्ति स्वतन्त्रताका नाममा । 

सरकारले न प्रेश तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको छ । नत त्यसो गर्न संविधानले अनुमति नै दिन्छ । न संसदले नै त्यो काम गर्नेछ ।

सोसल मिडियाको नियमन आवश्यक छ । विधेयक त्यसका लागि नै दर्ता गरिएको छ । मुलतः त्यो प्लेट फर्मको दर्ताको आवश्यकता र दुरुपयोग तथा त्यस मार्फ़त हुने अपराध नियन्त्रण गर्ने कुरासंग सम्वन्धित छ। साइबर क्राइम इन्टरनेट र सामाजिक संजालको प्रयोगरी गरिने विश्वव्यापी रुपमा स्विकार गरिएको गम्भीर प्रकृतिको अपराध हो । त्यसको नियन्त्रण आवश्यक मात्र होइन अपरिहार्य विषय हो । नेपालको क़ानून त्यस मामिलामा कमजोर भएका कारणले त्यस प्रकृतिका अपराध वढेको तथ्यप्रति कसैले पनि आखा चिम्लन मिल्दैन ।विधेयकमा केही अस्पष्टता छन् र सुधारगर्नु पर्ने देखिए संसदले सुधार गर्न सक्दछ । संसदीय प्रकृयाको विशेषता नै त्यही हो ।

तर विगतमा आफैले विधेयक मस्यौदा गर्न लगाएका र त्यसका वारेमा आफ्नो मत वाहिर ल्याएका दलहरुले नै यसको विरोध गर्नु अनैतिक कार्य हो । यस्ता कुरा प्रति नागरिकहरु  सचेत हुनु पर्दछ । अराजकता र अपराधको नियन्त्रण आम नागरिकको चासो र सरोकारको विषय हो र हुनुपर्दछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्