नेभिगेशन
नेपाल प्रहरी

वर्किङ भिसामा जापान पठाउने भन्दै करोडौं रुपैयाँ ठगी गर्ने बाँकेकी २३ वर्षीया युवती पक्राउ

नेपालगन्ज आकर्षक तलबको प्रलोभन देखाएर वर्किङ भिसामा जापान पठाइदिने भन्दै करोडौं रुपैयाँ ठगी गरेको आरोपमा बाँके  प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाँकेस्थित बैजनाथ गाउँपालिका-५ की २३ वर्षीय तिर्सना बाठा मगर रहेको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

तिर्सनाले एक दर्जन बढी युवायुवतीहरुलाई जापान पठाउने भन्दै १ करोड २३ लाख रुपैयाँ ठगी गरेको आरोपमा वैदेशिक रोजगार विभाग ताहाचलमा दर्ता भएको मुद्दाका आधारमा उनलाई पक्राउ गरेको बाँके प्रहरीले जानकारी दिएको छ।

करोडौं रकम लिएर सम्पर्कविहीन बनेपछि वैदेशिक रोजगार विभागको आग्रह अदालतले तिर्सनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ पुर्जीका आधारमा तिर्सनालाई पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्