नेभिगेशन
नेपाल प्रहरी

घुमुवा प्रहरी भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

कपिलवस्तु । कपिलवस्तु प्रहरीले घुमुवा भन्दै ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेकोछ। 

आफूहरुलाई प्रहरीको घुमुवा भन्दै ठगी गरेको आरोपमा प्रहरीले  कपिलवस्तुको वाणगंगा नगरपालिका-२ का ३२ वर्षीय ऋषिराम घिमिरे र कप्टैयाका जीवन थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ।

कपिलवस्तु प्रहरीका अनुसार उनीहरुले आफूहरुलाई इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको घुमुवा प्रहरी  भएको र घरको खानतलासी गर्नुपर्ने भन्दै एकजना स्थानीयबाट १७ हजार रुपैयाँसमेत लिएर गएको खुल्न आएको छ ।

उनीहरुकलाई वाणगंगा नगरपालिका २ राजपुरस्थित खेलमैदानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । पक्राउ परेका दुवै जनालाई म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

कपिलवस्तु प्रहरीले उनीहरुबाट अरु पनि ठगिएको भए तुरुन्तै प्रहरीमा निवेदन दिन जानकारी गराएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्