काठमाडौं । प्रहरीले बाँकेसहित विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ।
प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका-२ वनदेवी मन्दिर नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ४० मिलिग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय आरिफ अन्सारी, २५ वर्षीय राजेश शर्मा र सोही उपमहानगरपालिका-३ मिलन चोक बस्ने २० वर्षीय तुसार गुप्ता रहेका छन् । प्रहरी चौकी त्रिनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै प्रहरीले बाँकेको कोहलपुर नगरपालिका-१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित कैलाली लम्कीचुहा नगरपालिका-२ बस्ने २३ वर्षीय महेश थापालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापाको हल्दीबारी गाउँपालिका-३ र भद्रपुर नगरपालिका-७ जोड्ने झोलुङ्गे पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हल्दीबारी गाउँपालिका-२ बस्ने २२ वर्षीय आषिश हेमरन, २३ वर्षीय रवि महतो र सोही गाउँपालिका-१ बस्ने ३१ वर्षीय सुजन राई रहेका छन् । प्रहरी चौकी जलथलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल समेत बरामद गरेको छ ।
त्यसैगरी भोजपुरको भोजपुर नगरपालिका-९ भोटेपसल टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट र स्पास्पेन १० ट्याब्लेट सहित टेम्केमैयुङ गाउँपालिका-२ बस्ने २२ वर्षीय कन्चन बस्नेतलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध भोजपुर नगरपालिका-९ पिपलबोट टोल बस्ने अनिल राई र रमेश राईबाट खरिद गरेको भन्ने खुल्न आएपश्चात जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले अनिलको घर तलासी गर्दा नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ७ सय ९० ट्याब्लेट, स्पास्पेन १ हजार ५ सय ट्याब्लेट र अवैध लागूऔषध गाँजा १ सय २० ग्राम र रमेशको घर तलासी गर्दा नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ६० ट्याब्लेट, स्पासपेन ५ सय ७० ट्याब्लेट फेला पारी दुवै जनालाई पक्राउ गरेको छ ।
प्रहरीले कञ्चनपुरको पुनर्वास नगरपालिका-४ कार्किलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्राम सहित कैलाली गोदावरी नगरपालिका-३ मालाखेती बस्ने २७ वर्षीय सुरज भट्टलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय १० मिलिग्राम सहित बाँसगढी नगरपालिका-५ बाँसगढी बजार बस्ने सोही नगरपालिका-८ घर भएका २५ वर्षीय धर्म गज रोकायलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतको बलेगाँउबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यसैगरी प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ चौकी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम १ सय १० मिलिग्राम सहित मनहरी गाउँपालिका(४ हाँडिखोला बस्ने २१ वर्षीय अमन प्रजालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय सानोपोखरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सम्बन्धित जिल्ला प्रहरी कार्यालय पक्राउ परेकाहरुसँग थप अनुसन्धान अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।