नेभिगेशन
नेपाल प्रहरी

आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि दाङका विद्यार्थीलाई दिइयो सचेतना कार्यक्रम

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले आत्महत्या रोकथाम तथा न्यूनीकरणका बारेमा विद्यार्थीहरुलाई सचेतना दिएको छ।

जिल्ला प्रहरी कार्यालय दाङको आयोजना, प्रहरी चौकी रामपुर र जनता माध्यामिक विद्यालय नयाँगाउँ बुकाको सहकार्यमा  समुदाय-प्रहरी साझेदारी अवधारणा अनुसार घोराही उपमहानगरपालिका- २ बुकास्थित जनता माध्यामिक विद्यालय नयाँगाउँका कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थीहरुलाई  आत्महत्याको अवस्था, आत्महत्या रोकथाम तथा न्यूनीकरणका बारेमा सचेतना दिएको हो।

सचेतनातर्फ आत्महत्या रोकथाम तथा न्यूनीकरण गर्न स्वयं व्यक्ति, परिवार र समुदायको भूमिका, आत्महत्या हुन सक्ने अवस्था र कारण, आत्महत्या दुरुत्साहन सम्बन्धि कानूनी व्यवस्था लगायत विषयमा सचेतनामूलक जानकारी दिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

प्रहरी नायव निरीक्षक तुल बहादुर बिकद्वारा दिइएको सचेतनामा विद्यार्थी, शिक्षक लगायतको उपस्थिति रहेको दाङ प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्