नेभिगेशन
नेपाल प्रहरी

लागुऔषविरुद्ध प्रहरी: विभिन्न स्थानबाट लागुऔषधसहित २३ जना पक्राउ

काठमाडौं। नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित  २३ जनालाई पक्राउ गरेको छ। लागुऔषधविरुद्धको अपरेशना प्रहरीले उनीहरुलाई लागुऔषधसहित रङ्गेहात पक्राउ गरेको हो।

जसअन्तर्गत प्रहरीले कीर्तिपुर नगरपालिका-७ ईटागोल बस्ने ७५ वर्षीय जित बहादुर महर्जन समेत ३ जनालाई २ किलो गाँजाको धुलो सहित सोमबार बेलुकी पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले महर्जनको घरबाट उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

त्यसैगरी बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैयाबाट  साढे ४ किलो गाँजा सहित भारतको बिहारस्थित  बेतिया ग्राम भवरा-८ बस्ने ४५ वर्षीय बिजय श्रीवास्तवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले नारायणघाटबाट वीरगंजतर्फ आउँदै गरेको ना। ६ ख ५३०९ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका-२ ब्यारेल नजिकबाट ८ सय ९० मिलिग्राम खैरो हेरोइन सहित सोही उपमहानगरपालिका-५ बस्ने २२ वर्षीय खगेन्द्र चौधरीलाई सोमबार दिउँसो पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगर कैलाली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी कैलालीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट १ ग्राम ४७० मिलिग्राम  ब्राउनसुगर सहित सोही ठाउँ बस्ने २८ वर्षीय नरेश चौधरीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

प्रहरीले  कैलालीको गोदावरी नगरपालिका-५ गेटाबाट ४९० मिलिग्राम खैरो हेरोइन सहित सोही ठाउँ बस्ने २७ वर्षीय महेश रानालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

त्यसैगरी कास्कीको पोखरा महानगरपालिका-१७ महतगौडाबाट नियन्त्रित लागूऔषध फेनारगन ९ एम्पुल, नाईट्राभेट ९ एम्पुल र नुर्फिन ९ एम्पुल सहित पोखरा महानगरपालिका-८ सृजनाचोक बस्ने २७ वर्षीय बिरेन्द्र थापा मगर समेत ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

प्रहरीले कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ लिङ्गेटबाट २६० मिलिग्राम  ब्राउनसुगर सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश सिदार्थनगर दुधवानिया ग्राम बुजुर्ग पोष्ट बस्ने ३४ वर्षीय इकरामुद्दिन र १९ वर्षीय नसिम खान रहेका छन् । अस्थायी प्रहरी पोष्ट लिङ्गेटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको एमएच ०२ सिडि १५२६ नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी कार चालक नसिम र कारमा सवार इकरामुद्दिनलाई पक्राउ गरेको हो । 

त्यस्तै मोरङको बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध २ ग्राम ४० मिलिग्राम  खैरो हेरोइन २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका-२ सुनझोडा बस्ने २९ वर्षीय राजेश धिमाल र २८ वर्षीय निशान राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी प्रहरीले बाँकेको बैजनाथ गाउँपालिका-३ पातिकाल्नाबाट ७० मिलिग्राम  ब्राउनसुगर सहित सोही ठाउँ बस्ने २३ वर्षीय उदय परियारलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनकटवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

 प्रहरीले सिराहास्थित सिरहा नगरपालिका-७ ट्राफिक चोकबाट नियन्त्रित लागूऔषध नाईट्रभेट ९४ ट्याब्लेट सहित सर्लाही मलंगवा नगरपालिका-१० बस्ने ३७ वर्षीय संतोष कुमार कर्णलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले सिराहाबाट चौहर्वातर्फ पैदल जाँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

झापाको बिर्तामोड नगरपालिका-६ स्यालडाँगी बस्ने २५ वर्षीय मो. मुक्तार मन्सुरीलाई ३२० मिलिग्राम  ब्राउनसुगर र  साढे ४ किलो गाँजा  सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बुट्टाबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

यसैगरी प्रहरीले झापाको झापा गाउँपालिका-३ फुलगाछिबाट ३ ग्राम ४८ मिलिग्राम ब्राउनसुगर सहित कन्काई नगरपालिका-३ सुरूङ्गा बस्ने २५ वर्षीय मन्जित भन्ने दर्पन वाग्लेलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

प्रहरीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट ४ ग्राम ५६० मिलिग्राम ब्राउनसुगरसहित सोही नगरपालिका-४ बस्ने २१ वर्षीय विवेक शाही समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको   छ । प्रहरी चौकी सुब्बाकुना र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.००१ ज ०६५१ नम्बरको फोर्स गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

त्यसैगरि कञ्चनपुरको भीमदत्त नगरपालिका-९ ब्रह्मदेब जिरो प्वाईन्टबाट १२ किलो  चरेशसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बझाङ घर भएका ३५ वर्षीय महेन्द्र बहादुर रोकाया र ४२ वर्षीय अमर बहादुर रोकाया रहेका छन् । इलाका प्रहरी कार्यालय ब्रह्मदेबबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सम्बन्धित जिल्ला प्रहरी कार्यालय सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्