नेभिगेशन
सशस्त्र प्रहरी

नारायणी नदिमा हाम फालेकी महिलाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार

काठमाडौं  सशस्त्र प्रहरीले पूर्वी नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नारायणी नदिमा हाम फालेकी महिलाको  आज सकुशल उद्वार गरेको छ ।

सशस्त्र प्रहरीका अनुसार जिल्लास्थित प्रतापपुर गाउँपालिका–३ सोमनीकी ३५ वर्षिया महिला अनिता हरिजन त्रिवेणी व्यारेजबाट नारायणी नदिमा हाम फालेकी हुन् ।

सशस्त्र प्रहरीले  घटनाबारे जानकारी पाए लगत्तै बिओपी विनयी त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षक गणेश थापाको कमाण्डमा गएको टोलीले अनितालाई  सकुशल उद्वार गरेको हो ।

नारायणी नदिबाट सकुशल उद्वार गरिएकी अनितालाई उपचारको लागि त्रिवेणी स्वास्थ्य चौकीमा लगिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्