नेभिगेशन
नेपाल प्रहरी

लंगुरबुर्जा खेल्दै गरेको अवस्थामा सवा ३ लाख रुपैयाँसहित १२ जना पक्राउ

कपिलवस्तु । प्रहरीले लंगुरबुर्जा खेलिरहेका १२ जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले ९ वटा खोरखोरे खेलाउने गोटी, बुर्जा र नगद ३ लाख १५ हजार १८० रुपैंयासहित १२ जनालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बाणगंगा नगरपालिका- १० का ३० बर्षीय राजेश बिक, सोही वडाका ४० बर्षीय श्रीकृष्ण चौधरी, शुद्धोधन गाउँपालिका -२ का ४० का दिलिपकुमार रोध, रुपन्देहीको गैडहवा गाउँपालिका - १ का २२ बर्षीय पशुपति जैसवाल, गैडहवा- ३ का २० बर्षे सञ्तोष यादब, गैडहवा गाउँपालिका- २ का २४ बर्षे, मनोज राजपुुत , गैडहवा-३ का ३० बर्षे अर्जुन कलवाल, सोही ठाउँकै ३० बर्षे बिक्रम क्षत्री, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका - ११ का ४२ बर्षे असलम मुसलमान , बुटवल उपमहानगरपालिका - ८ का ४० बर्षे शंकर थापा, कञ्चनपुर गाउँपालिका - ५ का ४२ बर्षे सर्वजित बिक र कञ्चनपुर -४का ३० बर्षे चित्रबहादुर राना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पक्राउ परेका सबैलाई  थुनामा राखेर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

कपिलबस्तु वाणगंगा नगरपालिका-१० गोगापुरमा पैंशा जितहार हुने गरि जुवाको रुपमा खोरखोरे खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुकी ८ बजे उनीहरुलाई पक्राउ गरेको थियो ।

प्रहरीले पक्राउ परेकाहरुमाथि जुवा ऐन अन्तरगत मुद्दा चलाएर कारबाही हुने जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्