नेभिगेशन
सुरक्षा विशेष

अनेरास्ववियुले भन्यो- ठमेलमा प्रहरी कुटपिट घटनामा बदनाम गर्न खोजियो, दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह

काठमाडौं । काठमाडौंको ठमेलमा प्रहरीमाथि कुटपिट घटनामा संगठनलाई जोडेर बदनाम गर्न खोजिएको  नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले गम्भीर ध्यानाकर्षण भएको जनएको छ । 

संगठनका अध्यक्ष समिक बडालले विज्ञप्ति जारी गर्दै अनेरास्ववियु स्धै कानुनी राज्यको पक्षधर रहेको बताएका छन।

अध्यक्ष बडालले उक्त घटनामा संलग्न जो सुकै भए पनि कानुनी प्रक्रियाबाट कारबाही हुनुपर्नेमा संगठन स्पष्ट रहेको पनि बताएका छन् । उनले भनेका छन् - ‘तथापि, घटनालाई अतिरञ्जित गर्दै सामाजिक सञ्जाल तथा प्रायोजित सामग्रीमार्फत् अनेरास्ववियुलाई बदनाम गर्ने कुचेष्टा भइरहेको देखिएकोमा यस्ता गलत प्रचारबाजीको अनेरास्ववियु घोर भर्त्सना गर्दछ।'

विज्ञप्तिमा भनिएको छ-" सम्बन्धित निकायले निष्पक्ष छानबिन तथा अनुसन्धान गरि सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन अनुरोध छ।" 

माघ २६ गते केशरमहल बिटको ड्युटीको टोलीमाथि आक्रमण हुँदा प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्र बिष्ट घाइते भएका थिए भने आइतबार प्रहरीले आक्रमण गरेको आरोपमामा ताप्लेजुङ का २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराका २२ वर्षीय रमेश फुलारालाई पक्राउ गरेको थियो। पक्राउ परेका दुबै जना अमृत साइन्स क्याम्पसमा पढ्ने अनेरास्ववियुमा आवद्द रहेका हुन् ।

आक्रमणमा संलग्न रहेका अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीलाई उन्मुक्ति दिइएको भन्दै आलोचना हुँदै आइरहेको छ। उक्त घटनामा ३ जना फरार छन् ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्