नेभिगेशन
अपराध

सासुको हत्या आरोपमा बुहारी पक्राउ

धनुषा। प्रहरीले समुन्द्री देवीको हत्या आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ।

धनुषाको जनकनन्दनी गाउँपालिका-५ उधाकी ६५ वर्षीया समुन्द्री देबी मण्डलको हत्या गरेको आरोपमा प्रहरीले  उनकै ३५ वर्षीया बुहारीलाई रक्षा कुमारी मण्डललाई प्रहरीले पक्राउ गरेको हो। 

घरायसी विवादको क्रममा उनीहरूबीच झै-झगडा हुँदा कुटपिटबाट समुन्द्रीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न रक्षा कुमारीलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जानकारी दिएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्