नेभिगेशन
नेपाल प्रहरी

लागुऔषधसहित ४ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं  नेपाल प्रहरीले लागुऔषधसहित विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको छ। जसअन्तर्गत प्रहरीले इलामको माई नगरपालिका-७ ढेवा खोलाबाट ७० मिलिग्राम ब्राउनसुगर सहित सोही ठाउँ बस्ने ४५ वर्षीय टेक बहादुर लिम्बुलाई पक्राउ गरेको छ ।

प्रहरी चौकी महमाईबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

त्यसैगरी मोरङको पथरीशनिश्चरे नगरपालिका-१ सुन्दरबस्तीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५४ ट्याब्लेट सहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने ३३ वर्षीय बाल कृष्ण परियार र २० वर्षीय मौषम धिमाल रहेका छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको   हो । 

प्रहरीले कैलालीको जानकी गाउँपालिका-७ खल्ला गोलौरी बस्ने ६० वर्षीय रामशरण महतोलाई साढे २ किलो गाँजा सहित पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

सम्बन्धित जिल्ला प्रहरी कार्यालयले छुट्टाछुट्टै घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्