नेभिगेशन
सशस्त्र प्रहरी

आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गर्दै कपिलवस्तुवासीको हृदयमा बसेर बिदा भए यी एसपी

"उहाँलाई सधै कपिलवस्तुले सम्झिने छ"

सौरभ गिरी,कपिलवस्तु लुम्बिनी प्रदेशस्थित सशस्त्र प्रहरी बल नम्बर २८ गण कपिलवस्तुको एक वर्षे कमान्ड सकेर आजदेखि सशस्त्र प्रहरी उपरीक्षक (एसपी) रामजंग पाण्डे बिदा भएका छन् । ।

एक वर्षे कार्यकालको अवधिमा सर्हानीय कार्य गर्दै एसपी  पाण्डेले अवैध सामाग्री बरामदका साथै सीमावासीको मन जित्न सफल बनेको यहाँका जनप्रतिनिधिहरु बताउँछन् । 

जिल्लामा उत्कृष्ट कार्य गर्दै सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत एसपी पाण्डेले  सीमावासी जनताको दुखलाई मध्यनजर गर्दै सिङ्गो गाउँलाई खानेपानी प्रदान गर्ने एक्ला एसपी बन्दै कपिलवस्तुवासी मन मुटुमा सधै रहने कार्य गरेका छन। एसपी पाण्डेले युवा लक्षित सीप तथा रोजगार सिर्जनातर्फ तालिमसमेत सन्चालन गर्दै दर्जनौं युवाहरुलाई रोजगारी बाटोमा लैजान सफल बनेका छन्।

सीमावासी युवाहरु भन्छन् -"हाम्रो विपन्न समुदायलाई एसपी  पाण्डे सरले कपाल काट्ने तालिम दिएर ठुलो गुण लगाउनु भएको छ। उहाँको अग्रसरताले दिइएको तालिमले हामीलाई विदेश नगएर स्वदेशमै सीपको उपयोग गर्न सक्ने बाटो देखाएको छ।"  

एक वर्षको अवधि एसपी पाण्डेले अवैध सामाग्री बरामद मात्रै नगरी सीमा स्तम्भ मर्मत सम्भार लगायत विभिन्न कार्यक्रम गरेका हुन् । यहाँका जिल्लावासीको हृदयमा बसिसकेका एसपी पाण्डेलाई बुधबार विभिन्न निकायले बिदाइ गर्दै सशस्त्र प्रहरी प्रधान कार्यालयको आगामी कार्याकाल सुखद बनोस् भन्दै उज्ज्वल भविष्यको कामना गरिएको थियो।

संगठनले दिएको जिम्मेवारीलाई कुशलतापूर्व सम्पन्न गरेका एसपी पाण्डेले जिल्लाको सम्भावित भन्सार छली हुने स्थानमा आफै गस्तीमा खटिने गरेका थिए।  सशस्त्र प्रहरी बलकै एक अब्बल प्रहरी अधिकृत एसपी पाण्डेले आफ्नो कार्यकालमा अपराध नियन्त्रण तथा अवैध तस्करीविरुद्द छिमेकी देश भारतका सुरक्षा निकायसंग  समन्वय गर्दै दुवै तर्फका सुरक्षा निकायलाई संयुक्त गस्ती गर्न समेत पहल गरेका थिए।

जिल्लाभर रहेका मातहतका प्रस्तावित सीमा सुरक्षा गुल्म तथा बिओपी र बेसहरुले एसपी पाण्डेले दिएको अवैध तस्करी नियन्त्रण गर्नुपर्ने निर्देशन अनुसार गरिएको कडाईले सशस्त्र प्रहरीले  नेपाल भारत खुल्ला सीमाका कारण हुने साना-ठुला भन्सार छलीका अवैध सामाग्री बरामद गर्न सफल बनेको हो। उनको कार्यकालमा करोडौं रुपैयाँका अवैध सामाग्री बरामद भएका छन् ।

कपिलवस्तुका स्थानीय व्यापारीहरु भन्छन् - राम सरको उत्कृष्ट कार्यले हाम्रो स्वदेशी व्यवसाय फस्टाउन सफल भएको छ। हेर्दा शान्त स्वभाव देखिने एसपी साबको कुशल कार्य सर्हानिय छ', "एसपी राम सरले राजस्व संकलन कार्यमा पनि राम्रो काम गर्नुभएको छ,उहाँलाई सधै कपिलवस्तुले सम्झिने छ।" 

कपिलवस्तुबाट एसपी पाण्डे बिदा हुँदै गर्दा यहाँको कमान्ड सम्हाल्न अर्का जोशिला एसपी नेत्र केसी आइपुगेका छन् । एसपी केसीले पनि संगठनले दिएको जिम्मेवारीलाई उत्कृष्ट तवर पूरा गर्नेछन्। आज सशस्त्र प्रहरी बल नम्बर २८ गणले एसपी पाण्डेलाई बिदाइ गरेपछि नयाँ एसपी केसीलाई  पाण्डेले कमान्ड सुम्पने छन् ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्