नेभिगेशन
अपराध

आफ्नै आमाको हत्या गर्ने कान्छा छोरा पक्राउ

काठमाडौं । आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पकाउ गरेको छ। रुपन्देहीको कञ्चन गाउँपालिका-१ सुन्दर टोलीका २० वर्षीय सरोज परियारलाई प्रहरीले आमाको हत्या आरोपमा पक्राउ गरेको रुपन्देही प्रहरीले जानकारी दिएको छ।

रुपन्देही प्रहरीका अनुसार सरोजले आफ्नै ४५ वर्षीय आमा पार्वती परियारको हँसिया प्रहार गरी हत्या गरेका हुन् । कान्छा छोरा सरोजले आँखा र हातमा हँसिया प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।  

पक्राउ परेका सरोजमाथि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार घरमा मृतक पार्वती र उनका कान्छा छोरा मात्रै बस्दै आएका थिए ।

मृतक पार्वतीका जेठा छोरा भारतमा रोजगारीका लागि बस्दै आएका छन् ।  प्रहरीले  हत्याको कारणले अझै खुल्न नसकेको जनाएको छ ।   रुपन्देही प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्