नेभिगेशन
नेपाल प्रहरी

अवैध सुन लिएर आउँदै गरेका दुई भारतीय युवक प्रहरीको नियन्त्रणमा

काठमाडौं। प्रहरीले सुनसहित दुई जना भारतीय युवकहरुलाई पक्राउ गरेको छ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब ३ सय १८ ग्राम सुन सहित भारतको महाराष्ट्र साङ्लीका २७ वर्षीय महेश अम्रुत मानी र  महाराष्ट्र सोलापुरकै  २४ वर्षीय राहुल खंडु सरकलाई पक्राउ गरेको हो।

नागढुङ्गामा खटिएको प्रहरी टोलीले काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००२ ख ०५४२ नम्बरको बसमा सवार उनीहरूलाई आज सुनसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

प्रहरीले पक्राउ परेका दुबै भारतीय युवकहरुसँग थप अनुसन्धान गरिरहेको काठमाडौं प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्