नेभिगेशन
नेपाल प्रहरी

नाबालिकालाई दबाबमा पारेर अनुचित फाइदा लिन खोज्ने युवक पक्राउ

काठमाडौं। नाबालिकालाई दबाब प्रभावमा पारी अनुचित लाभ लिन खोज्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले २० वर्षीय युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१६ खरिबोट बनस्थली बस्ने २० वर्षीय आयुष कुँवर रहेका छन् । 

सामाजिक सञ्जाल स्न्यापच्याटबाट पीडित नाबालिकालाई साथी बनाएर फकाईफुल्याई अनलाइन माध्यमबाट अश्लिलता प्रदर्शन गर्न वाध्य पारी स्क्रिन रेकर्ड गरी अनुचित लाभ लिन खोजेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले आयुषलाई काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

पक्राउ परेका आयुषविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको काठमाडौं प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्