अनिल गौतम,नेपालगन्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले यो हप्ता पनि दुर्घटना न्यूनीकरणका लागि प्रयास जारी राख्दै ट्राफिक सचेतना कार्यक्रमलाई निरन्तरता दिइरहेको छ।
बाँके ट्राफिक प्रहरी कार्यालय तथा मातहत पोष्टहरुले महेन्द्र राजामर्ग ,हुलाकी राजमार्ग ,रत्न राजमार्ग ,भित्री सडक खण्ड ,विद्यालय ,विभिन्न स्थानहरुमा मानिसहरु भेला जम्मा गराई आज बिहानैदेखि पुनः ट्राफिक सचेतना दिइरहेका छन्।
दिनहुुँ सवारी चालक, सहचालक, पैदलयात्री, विद्यार्थी लगायत स्थानीयवासीलाई ट्राफिक सचेतना दिदै आएको बाँके ट्राफिक प्रहरी कार्यालयले जिल्लाका विभिन्न स्थानमा सचेतना कार्यक्रम गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
बाँके ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ विभिन्न स्थानहरुमा मानिसहरु भेला गराएर ट्राफिक सचेतना अन्तर्गत सवारी दुर्घटना न्युनिकरणका लागि दुई पाङग्रे सवारी चालक ,सडक प्रयोग कर्ता,चालक, सह-चालक र यात्रुहरुलाई ट्राफिक नियम, सवारी दुर्घटना कारणहरु ,सवारी दुर्घटनाबाट बच्ने उपाय लगायतका विषयमा सचेतना गरिएको जनाएको छ।
ट्राफिक प्रहरीले चालक लगायत आम स्थानीयवासीलाई भेला गराएर ट्राफिक नियम ,लेन अनुशासन ,ओभेरटेक गर्ने तरिका , सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा,सवारी दुर्घटनाबाट बच्ने उपायका बारेमा सचेतना दिएको हो।
हाल बाँके ट्राफिक प्रहरी कार्यालयले दुर्घटना न्यूनीकरणका लागि गरिरहेको प्रयासले जिल्लामा दुर्घटनाको संख्या कम हुँदै गएको देखिएको छ।