नेभिगेशन
नेपाल प्रहरी

सुधार केन्द्रमा कुटपिटबाट एक युवकको मृत्यु, ७ जना पक्राउ

काठमाडौं । बाराको सुधार केन्द्रमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ।

जिल्लाको कलैया उपमहानगरपालिका-१ भवानीपुरस्थित नवजन्म पुनर्स्थापना केन्द्रमा कुटपिटबाट एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ। 

प्रहरीका अनुसार मृत्यु हुनेमा कलैया उपमहानगरपालिका घर भएको प्रदीप प्रसाद मण्डल ‘धिरेन्द्र’ रहेका छन् । बारा प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ । 

प्रहरीले सुधार गृहका कर्मचारी र त्यहाँ राखिएका ७ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जानकारी दिएको छ। 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्