नेभिगेशन
नेपाल प्रहरी

प्रहरीका १० जना डीएसपीको सरुवा, रसुवा प्रहरी प्रमुखमा हेम शाही

काठमाडौं प्रहरी प्रधान कार्यालयले १० प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयको सरुवामा डीएसपी हेम शाहीलाई रसुवाको प्रमुख बनाएर पठाइएको छ।रसुवामा कार्यरत केशव भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काज सरुवा गरिएको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय दोलखामा डीएसपी ज्ञान कुमार महतोको सरुवा भएको छ भने जिल्ला प्रहरी चितवनमा रविन्द्र खनालको सरुवा भएको छ।

प्रहरी वृत्त जनसेवामा डीएसपी कृष्ण चन्द, महाराजगन्ज वृत्तमा निरञ्जन थापा, इलाका प्रहरी कार्यालय बुटवलमा इन्द्र रानालाई पठाइएको छ।इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राजन लामा, काँकडभिट्टामा कार्यरत डीएसपीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । 

गजुरीमा विकाश थापाको सरुवा भएको छ।इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितलाई नेपाल प्रहरी प्रदेश कार्यालय पोखरामा सरुवा गरिएको छ ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्