काठमाडौं । नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट २७ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ। प्रहरीले दुई दिनको अन्तरमा लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार कास्कीको पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम २८ एम्पुल, फेनारगन २८ एम्पुल र बुप्रेनोर्फिन २८ एम्पुल सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको । पक्राउ पर्नेहरूमा स्याङ्जा फेदीखोला गाउँपालिका-२ बायाँटारी बस्ने ३६ वर्षीय नविन खत्री, महोत्तरी बर्दिबास नगरपालिका-८ घर भई कास्की पोखरा महानगरपालिका-९ पृथ्वीचोक बस्ने २१ वर्षीय मदन अधिकारी र २१ वर्षीय रोहित तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
सुर्खेतको वीरेन्द्नगर नगरपालिका-१२ तीनकुने चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका-१० बस्ने ३८ वर्षीय दुर्ग नेपाली र सोही नगरपालिका-१२ बस्ने ३५ वर्षीय बिजय कालुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
त्यस्तै चितवनको खैरहनी नगरपालिका-१ ज्यामिरे बस्ने २७ वर्षीय सुवास चौधरीलाई अवैध लागूऔषध गाँजा करिब ३ किलोग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७३ ट्याब्लेट, नाइट्राभेट २६ ट्याब्लेट र नगद ८ हजार रूपैयाँ बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यसैगरी चितवनको रत्ननगर नगरपालिका-१२ बालदेबी टोलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ८ ग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय सुबास पोखरेल र सोही नगरपालिका-१३ बस्ने २८ वर्षीय सन्तोष घिमिरे रहेका छन् । प्रहरी चौकी पञ्चकन्याबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.प्र.०३-००२ प ५५४३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
मोरङको बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १४ ग्राम ७ सय ८० मिलिग्राम सहित झापा बिर्तामोड नगरपालिका-६ घर भएका १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यसैगरि वालिङ नगरपालिका-१० भकुण्डेबाट नियन्त्रित लागूऔषध नोर्फिन ४९ एम्पुल, फेनारगन ६४ एम्पुल र डाइजेपाम ३४ एम्पुल सहित कास्की पोखरा महानगरपालिका-२१ बस्ने २४ वर्षीय शिबजी तिवारीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१६ त्रिशुले चोकबाट अवैध लागूऔषध गाँजा करिब १ किलोग्राम सहित सोही उपमहानगरपालिका-१३ बस्ने १८ वर्षीय किशोरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हटियाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यसैगरी मकवानपुरकै हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ ग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईन्द्रसरोवर गाउँपालिका-१ कुलेखानी बस्ने ३४ वर्षीय सुदिप थापा मगर र काठमाडौं चन्द्रागिरी नगरपालिका-५ बनस्थली बस्ने २६ वर्षीय प्रशान्त घले रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा.४२ प ८३१७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिराहाको गोलबजार नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ९० मिलिग्राम सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका-७ दशई महाजन टोल बस्ने २० वर्षीय पंकज मण्डल, सोही नगरपालिका-६ ग्रामिण टोल बस्ने २८ वर्षीय अरबिन्द सिंह दनुवार र सोही नगरपालिका-६ बस्ने २६ वर्षीय रबिन मुखिया रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले स.३ प ६३४४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम सहित गोदावरी नगरपालिका-५ बस्ने २६ वर्षीय मनोज रानालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका-१२ सि गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१२ बस्ने २३ वर्षीय किसन बिक र ३५ वर्षीय हरि सिंह थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले किसनलाई २ सय ९० मिलिग्राम र हरिलाई २ सय ६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो ।
यस्तै पर्साको वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ११ किलो ५ सय ग्राम सहित सर्लाही विष्णु गाउँपालिका-४ मधुवनगोठ बस्ने ४५ वर्षीय सुधिर कर्णलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट ईनर्वागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, मिक्लाजुङ गाउँपालिका-९ भण्डारी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७ सय क्यापसुल र स्पास्पेन ७ सय क्याप्सुल सहित सोही गाउँपालिका-३ बस्ने झापा दमक नगरपालिका-३ बेलडाँगी घर भएका २० वर्षीय पवन विश्चकर्मा समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरीले को४ प ४९०१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-८ बुद्धचोकस्थित चन्द्रसुर्य होटलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब २० किलोग्राम र मोबाइल ७ थान सहित ४ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गजुरी गाउँपालिका-८ बस्ने ३३ वर्षीय दिपक तामाङ, ३६ वर्षीय सुन बहादुर तामाङ, ३१ वर्षीय नक्कल बहादुर तामाङ र ४१ वर्षीय प्रेमलाल तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देही र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उक्त होटल तलासी गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कैलालीको गोदावरी नगरपालिका-३ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ किलो ८ सय ६० ग्राम सहित बझाङ केदारस्युँ गाउँपालिका-७ भामचौर बस्ने ४६ वर्षीय घोडे धामीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पक्राउ परेका सबैजनाविरुद्द सम्बन्धित प्रहरी कार्यालय थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।