नेभिगेशन
सुरक्षा अपडेट

एक महिलासहित ५ जना मृत फेला

काठमाडौं । देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार धनकुटा, महालक्ष्मी नगरपालिका-७ आन्द्रुङका ४६ वर्षीया फुलमाया कार्की घर नजिकै बारीमा आज मृत अवस्थामा फेला परेकी हुन् ।

नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका-५ कुसुमघाटस्थित नारायणी नदी किनारमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ हुब्राचौर की ५८ वर्षीय सन्दीप कार्की आजै मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै धादिङको धुनिवेशी नगरपालिका-९ मसिने जंगलको खोल्सामा पहिचान नखुलेका अन्दाजी ६२ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन्।

प्रहरीले झापाको अर्जुनधारा नगरपालिका-४ गरूवा टोलका बिकाश पौडेलको खाली घरको बरन्डाको खाटमा पहिचान नखुलेको अन्दाजी ४२ वर्षीय पुरुष  मृत अवस्थामा फेला परेका छन्। 

त्यसैगरी संखुवासभाको खाँदबारी नगरपालिका-१ बसपार्कमा पहिचान नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष आज मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित प्रहरी कार्यालयले घटनाका बारेमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्