नेभिगेशन
सुरक्षा अपडेट

अरिंगालले टोक्दा ललितपुरमा एक जनाको मृत्यु

ललितपुर । ललितपुरको कुमारीपाटीमा अरिंगालले चिलेर बिरामी भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। 

ललितपुर महानगरपालिका वडा नम्बर ५ कुमारीपाटीस्थित युनाइटेड एकेडेमीमा रङ लगाउने क्रममा एक जना व्यक्तिलाई अरिंगालले चिलेको थियो। 

सप्तरी खडक नगरपालिका वडा नम्बर ३ घर भई काठमाडौंको अनामनगर बस्ने २४ वर्षीय तेजनारायण चौधरीलाई गत असार ८ गते बेलुका अरिंगालले चिलेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए। 

उनकाअनुसार बिरामी भएका उनलाई उपचारको लागि काठमाडौं मोडल अस्पतालमा लगिएको थियो। आइसियुमा उपचाररत उनको मंगलबार बिहान ५ बजे मृत्यु भएको एसपी सुवेदीले बताए।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। शव पोष्टमर्टम गर्न शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्