नेभिगेशन
ट्राफिक प्रहरी

बाँके ट्राफिक प्रहरीको दुर्घटना न्यूनीकरण अभियान: जिल्लामा दुर्घटनाको संख्यामा कमि आउँदै

नेपालगन्ज जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दुर्घटना न्यूनीकरणका लागि गर्दै आएको प्रयासले केही हदसम्म दुर्घटनाको संख्यामा कमी आएको छ।  

बाँके ट्राफिक प्रहरी कार्यालय तथा मातहत पोष्टहरुले महेन्द्र राजामर्ग ,हुलाकी राजमार्ग ,रत्न राजमार्ग ,भित्री सडक खण्ड ,विद्यालय ,विभिन्न स्थानहरुमा चालक तथा सर्वसाधरणहरुको भेला जम्मा गराई ट्राफिक सचेतना दिइरहेका छन् ।

हरेक दिन सवारी चालक, सहचालक, साइकलयात्री, पैदलयात्री, विद्यार्थी  लगायत स्थानीयवासीलाई भेला गराएर  ट्राफिक सचेतना दिदै आएको बाँके ट्राफिक प्रहरी कार्यालयले जिल्लाका विभिन्न स्थानमा सचेतना कार्यक्रम गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

ट्राफिक प्रहरीले विशेष गरेर ट्राफिक नियम ,लेन अनुशासन ,ओभेरटेक गर्ने तरिका , सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा,सवारी दुर्घटनाबाट बच्नेका उपाय बारेमा ट्राफिक सचेतना दिइरहेको छ।

समर्गमा हेर्दा हाल जिल्लामा बाँके ट्राफिक प्रहरी कार्यालयले दुर्घटना न्यूनीकरणका लागि गरिरहेको प्रयासले जिल्लामा दुर्घटनाको संख्या कम हुँदै गएको सम्बन्धित सरोकारवालाको भनाइ छ। ट्राफिक प्रहरी सचेतना कार्यक्रम आज पनि जारी छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्