नेभिगेशन
नेपाल प्रहरी

नेपाल प्रहरीका सई ब्यारेकमै झुण्डिएको अवस्थामा मृत भेटिए

काठमाडौं नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई)झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

भोजपुर घर भएर हाल जिल्ला प्रहरी कार्यालय झापामा कार्य सई धनराज खतिवडा ब्यारेकभित्रै आज बिहान झुण्डिएको अवस्थामा मृत भेटिएको झापा प्रहरीले जानकारी दिएको छ।

झापा प्रहरीका अनुसार सई खतिवडा डोरीको पासो बनाएर झुण्डिएको अवस्थामा ब्यारेकमै मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापले घटना बारेमा थप अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्