नेभिगेशन
नेपाल प्रहरी

विदेश लैजान लागेको अवैध विदेशी मुद्रासहित अमेरिकी महिला पक्राउ

काठमाडौं। प्रहरीले एक जना अमेरिकी नागरिकलाई अवैध रूपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित पक्राउ गरेको छ।

प्रहरीले ४६ वर्षीय अमेरिकी महिला  नि यानलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।

बाटिक एयरको उडानद्वारा काठमाडौंबाट मलेसिया जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज एरियामा जाँच गर्ने क्रममा उनको झोलाबाट १२ हजार ७ सय ४८ अमेरिकी डलर, २ सय ४९ सिंगापुर डलर, १२ हजार इन्डोनेसियन रूपिया, १ सय मलेसियन रिङ्गिट, विभिन्न कम्पनीका मोबाइल १९ थान, सिम कार्ड २८ थान र मेमोरी कार्ड १ सय २२ थान फेला पारी शनिबार दिउँसो पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

विमानस्थल प्रहरीले उनलाई आवश्यक अनुसन्धानका प्रहरी वृत्त गौशाला पठाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्