नेभिगेशन
नेपाल प्रहरी

बढुवा भएका ७२ जना डीएसपीले लगाए दर्ज्यानी चिन्ह

काठमाडौं। नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्पेक्टर ) बाट प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएकामध्ये ७२ जनाले दर्ज्यानी चिन्ह पाएका छन् ।

फागुन २ गतेको गृह मन्त्रालयको निर्णय अनुसार डीएसपीमा बढुवा भएका ७५ जनामध्ये ७२ जनालाई प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा ७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै आईजीपी कुँवरले बढुवा भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै पदीय दायित्व र जिम्मेवारी समेतको बढोत्तरी भएको चर्चा गर्दै व्यक्तिगत लाभ र स्वार्थ भन्दामाथि उठेर एकजुट भई प्राप्त जिम्मेवारीलाई निष्ठापूर्वक ढंगबाट उच्च समर्पण भावका साथ कार्यसम्पादनमा खरो उत्रन निर्देशन दिएका हुन् ।

प्रहरी प्रमुख कुँवरले भने- प्रहरी सेवामा सबै नागरिकको सहज पहुँचको वातावरण निर्माण गरी प्रहरी सेवालाई थप विश्वसनीय बनाउन कानुन सम्मत तवरले कार्यसम्पदान गरी आम नागरिकको नजरमा प्रहरीप्रतिको सम्मान र विश्वास बढाउन थप कटिबद्ध हुनुपर्छ।" 

दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा बढुवा भ्हेका  अधिकृतहरूको तर्फबाट मन्तव्य राख्दै डीएस पी सुरेन्द्र प्रसाद जोशीले संगठनको छवि उच्च राख्दै प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

आज दर्ज्यानी चिन्ह ७२ जनाले प्राप्त गर्दा दुई जना  संयुक्त राष्ट्र संघीय मिसनमा रहेका दुई जना र  विदेशमा तालिममा रहेका अर्का एक जना डीएसपीले  भने दर्ज्यानी चिन्ह लगाएन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्