नेभिगेशन
नेपाल प्रहरी

नाबालिकालाई यौन कार्यमा लगाउने महिला स्पा सन्चालक पक्राउ

काठमाडौं प्रहरीले एक स्पा सन्चालकलाई नाबालिकालाई यौन कार्यमा लगाएको आरोपमा पक्राउ गरेको छ।

काठमाडौं प्रहरीले ठमेलस्थित सात घुम्तीमा हिमालयन नेचुरल स्पा सञ्चालन  गर्दै आएकी ४१ वर्षीया स्मृति भनिने रमिला गौतमलाई पक्राउ गरेको जानकारी दिएको छ।

प्रहरीका अनुसार रमिलाले नाबालिकालाई आर्थिक प्रलोभनमा पारेर उनले यौन पेसामा लगाउने कार्य गरेको आरोपमा काभ्रेको चौरीदेउराली गाउँपालिका–५ घर भएकी ४१ वर्षीया रमिलालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

रमिलाविरुद्ध प्रहरीले मानव बेचबिखन तथा ओसारपसारको कसुरमा काठमाडौं अदालतबाट ७ दिनको म्याद गरेर थप  अनुसन्धान बढाइएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्