नेभिगेशन
अपराध

दैलेखमा चोरी गरेको तिलहरी बेच्ने विषयमा विवाद हुँदा ११ वर्षीय साथीको हत्या, दुई बालक पक्राउ

काठमाडौं चोरी गरेर ल्याइएको सुनको तिलहरी बेच्ने विषयमा विवाद हुँदा १ जना ११ वर्षीय हत्या गरेको आरोपमा प्रहरी दुई बालकलाई प्रहरीले पक्राउ गरेको छ।

ती दुई बालकलाई पक्राउ गरेपछि माघ २५ गते देखि दैलेखको दुल्लु नगरपालिकाबाट हराएका  ११ वर्षीय बालकको हत्या भएको घटना खुल्न आएको हो। ती बालक हराएपछि परिवारले इलाका प्रहरी कार्यालय दुल्लुमा दिइएको निवेदनपछि सोधपुछका क्रममा दुई बालकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दुल्लुले जानकारी दिएको छ।

प्रहरीले बालक हराउनुअधि उनीसँग साथै रहेका १४ र १७ वर्षीय दुई साथीहरुलाई सोधपुछ गर्ने क्रममा उनीहरुले उनको हत्या गरेर घरनजिकै रहेको खोला किनारमा खाल्डो खनेर गाडेको बयान दिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ गरिएका बालकको बयानका आधारमा खोजतलास गर्दा हराएका ती बालकको शव पुरिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय दुल्लुका प्रमुख प्रहरी निरीक्षक निरन्जन घिमिरेका अनुसार  ती तीन जना साथी मिलेर एउटा घरबाट सुनको गहना तिलहरी चोरी गरी ल्याएका रहेछन्, बिक्री गर्ने क्रममा विवाद हुँदा साथमा भएका एक बालकको हत्या गरिएको रहेछ।  प्रहरी निरीक्षक घिमिरेले भने-"हराएकै दिन माघ २५ गते ११ वर्षीय बालकको हत्या भएको खुलेको छ, कानुनको विवादमा परेका बालकमाथि थप अनुसन्धान जारी छ।"

इलाका प्रहरी कार्यालय अनुसन्धान सकेर आबश्यक अदालती प्रक्रियाका लागि पक्राउ परेका दुबै बालकलाई जिल्ला प्रहरी कार्यालय दैलेख पठाइएको प्रहरी निरीक्षक घिमिरेले बताए ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्