नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो महाकालीमा बेपत्ता भएका पुरुषको शव

काठमाडौं । सशस्त्र प्रहरीले कञ्चनपुरस्थित महाकाली नदीमा बेपत्ता भएका सुर्खेतका एक पुरुष शव फेला पारेको छ।

सशस्त्र प्रहरीको गोताखोर टोलीले असार १६ गते दिउँसो  जिल्लास्थित भिमदत्त नगरपालिका-१२ बाट बग्ने महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका सुर्खेत बराहाताल गाउँपालिका-४ साजघार घर भएका  धनबहादुर गुरुङको शवलाई फेला पारेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

एक व्यक्ति महाकालीम बेपत्ता भएको खबर पाए लगत्तै सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीबाट खटिएको टोलीले गुरुङको शवलाई महाकालीबाट निकालेको हो।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्