नेभिगेशन
नेपाल प्रहरी

एसएसपी अधिकारीद्वारा सिंहदरबार प्रहरी वृत्तको निरीक्षण

काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौं प्रमुख एसएसपी विश्व अधिकारीले प्रहरी वृत्त सिंहदरबारको निरीक्षण गरेका छन् ।

प्रहरी वृत्त सिंहदरबारको निरीक्षण गर्दै एसएसपी अधिकारीले उक्त प्रहरी वृत्त नेपालको प्रशासनिक सिंहदरबारको कार्यक्षेत्र अत्यन्त महत्त्वपूर्ण र संवेदनशील रहेकाले त्यस क्षेत्रको सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिन आवश्यक रहेको बताएका हुन् ।

सिंहदरबार प्रहरी वृत्त प्रमुख डीएसपी गंगासहित उपस्थित सबै प्रहरी कर्मचारीलाई निर्देशन दिदै एसएसपी अधिकारीले भने-"समाजमा शान्ति सुरक्षाको अनुभूति दिलाउनको लागि सबै प्रहरी कर्मचारीहरूले निरन्तर मेहनत, इमान्दारिता र व्यवसायीक निष्ठापूर्वक समर्पण भावका साथ कानुन बमोजिम प्रहरी सेवा प्रवाह गर्नुहोला।"

एसएसपी अधिकारीले प्रहरी जनतासँग प्रत्यक्ष जोडिएको संगठन भएको हुँदा नागरिकहरूले प्रहरीलाई न्याय, शान्ति र सुरक्षाको प्रतीकको रूपमा हेर्ने गरेकाले प्रहरीले पूर्ण व्यवसायिकता र कर्तव्यनिष्ठताका साथ नागरिकलाई सुरक्षाको प्रत्याभूती हुनेगरी दत्तचित्त भएर सेवामा समर्पित भई प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिएका थिए। 

एसएसपी अधिकारीले सिंहदरबार प्रहरी वृत्तभित्रका हिरासत कक्ष, प्रशासनिक कक्ष, मेस लगायतको निरीक्षण गरेका हुन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्