नेभिगेशन
सुरक्षा अपडेट

बाँकेको मलामी घाटमा पार्किङ गरेको पल्सर मोटरसाइकल चोरी, लागुऔषध सेवनकर्ताले चोरी गरेको आशंका

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका-४ सिधनिया मलामी घाटबाट पल्सर मोटरसाइकल चोरी भएको छ। सोमबार दिउँसो आफन्तको मलामी जाँदा लिएर गएको भे११प १३८९ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको हो।

सिधनिया घाटमा पार्लिङ गरेर राखिएको उक्त मोटरसाइकल सोमबार दिउँसो ३ बजेतिर चोरी भएको मोटरसाइकल धनीले कपिल शाहले जानकारी दिएका छन् ।

'मलामी घाटमा पार्किङ गरेर राखिएको मोटरसाइकल फर्किदा चोरी भइसकेको रहेछ।' मोटरसाइकल धनी शाहले भने। अब चोरहरुले मलामी गएका सवारीसाधन पनि नछाड्ने काम सुरु गरेको शाहले बताए।

मोटरसाइकल चोरी भए लगत्तै कम्दी प्रहरी कार्यालयमा जानकारी गराएको शाहले बताए। यता प्रहरीले पनि चोरी भएको मोटरसाइकलको खोजी गरिरहेको जानकारी दिएको छ भने शाहले पनि आफै मोटरसाइकल खोजी गरिरहेको बताए।

स्थानीयवासीका अनुसार वर्तमान समयमा लागुऔषध सेवनकर्ता त्यस क्षेत्रमा व्यापक रुपमा देखापरिरहेका छन् । उक्त मोटरसाइकल सोही समूहले लगेको स्थानीयवासी बताउँछन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्