नेभिगेशन
ट्राफिक प्रहरी

राजस्व तिरेर नियन्त्रणमा लिइएका कागजपत्र असारभित्रै लैजान कालिकोट ट्राफिक प्रहरीको आग्रह, अन्यथा थप कारबाही हुने

कालिकोट । जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटले कारबाहीका लागि लिएका सवारीसाधनका कागजपत्र असार २८ गते कार्यालय समयभित्रै राजस्व तिरेर लैजान आग्रह गरेको छ।

आर्थिक वर्ष २०८०/०८१ को साउन महिनादेखि असारसम्म विभिन्न नियम उल्लंघन गरेर कारबाहीमा परेर ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजात राजस्व तिरेर लिएर जान अनुरोध गरेको हो।

उक्त समयभित्र राजस्व तिरेर कागजपत्र नलिएको खण्डमा उक्त कागजपत्रहरुलाई आबश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय जुम्ला पठाउने कालिकोट ट्राफिक प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्