नेभिगेशन
नेपाल प्रहरी

४ भारतीय नागरिक २ अर्ब बढीको अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ

काठमाडौं । काठमाडौंबाट प्रहरीले  चार भारतीय नागरिकलाई दुई अर्ब रुपैयाँ बढीको अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ परेका छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेशस्थित  गोरखपुर जिल्लाका २२ वषीृय एमडी आरिफ हुसेन, उत्तर प्रदेशकै फत्तेपुरका ४२ वर्षीय अब्दुल कलाम, गोरखपुर जिल्लाकै २५ वर्षीय अभिशेष मदेसिया र फत्तेपुरका ४० वर्षीय इरफान पठान छन् ।

काठमाडौं प्रहरी परिसरले दिएको जानकारी अनुसार बूढानीलकण्ठको तौलुङमा घर भाडामा लिएर उनीहरुले अनलाइन जुवा तथा सट्टेबाजी खेलाएको प्रमाण भेटिएको छ।

पक्राउ परेका सबै जनाविरुद्ध ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्