नेभिगेशन
सुरक्षा विशेष

वडा सचिव कुट्ने वडाध्यक्षलाई १० दिन हिरासतमा राख्न आदेश

काठमाडौं वडा सचिवलाई कुट्ने वडाध्यक्षलाई  १० हिरासतमा राखेर अदालतले आदेश दिएको छ।

तनहुँस्थित बन्दीपुर गाउँपालिका-६ का वडा सचिव नवीन भुसाललाई कुटपिट गरेको जाहेरीका आधारमा पक्राउ परेका वडाध्यक्ष बलबहादुर गुरुङविरुद्ध जिल्ला अदालत तनहुँले १० दिन म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।

गुरुङविरुद्ध तनहुँ प्रहरीले अभद्र व्यवहारमा मुद्दामा अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

वडाध्यक्ष गुरुङविरुद्ध गाउँपालिकाकै प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले जाहेरी दिएका हुन् ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्