नेभिगेशन
सुरक्षा अपडेट

३ वर्षीय नाबालकको पानीमा डुबेर मृत्यु

काठमाडौं तीन वर्षीय नाबालकको पानीमा डुबेर मृत्यु भएको छ। 

कैलालीको गोदावरी नगरपालिका-१ बाँसभारीका प्रेम विकका ३ वर्षीय नाबालक छोरा पियुस विकको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार आफ्नै घर अगाडी रहेको धारामा खेल्ने क्रममा धारा नजिक रहेको  खाल्डोमा डुबेर पियुस घाइते भएका थिए।

घाइते पियुसको मायामेट्रो अस्पताल धनगढी उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्